
काठमाडौं, जेठ १५ । सरकारले विदेशी नागरिकलाई श्रम स्वीकृति नलिई नेपालमा काम गर्न नदिने भएको छ ।
कानूनी व्यवस्था भएपनि कडाई नभएको भन्दै सरकारले अब यसमा कडाई गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.खतिवडाले संसदमा यस्तो जानकारी दिएका हुन् ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप २ लाख रोजगारी सृजना गर्न ११ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । सरकारले विभिन्न सीप विकासको लागि ५ अर्बभन्दा बढी खर्च गर्ने पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्