Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


भारतबाट आएका थिए, सुदूरपश्चिमका कोरोना संक्रमित


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, जेठ १५ । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलालीमा दुई र दार्चुला तथा बझाङमा एक/एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु चारैजना भारतबाट फर्किएका बताइएको छ ।

योसँगै सुदूरपश्चिम प्रदेशमा हालसम्म भारतबाट आएका १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

सुदूरपश्चिममा कोरोना देखिएको ७३ दिनयता विभिन्न मितिमा भारतबाट आएका १४ जनामा कोरोना पुष्टि भएको हो । जुन प्रदेशमा देखिएका कुल कोरोना संक्रमितको झन्डै ७० प्रतिशत हुन्छ ।

यहाँ अहिलेसम्म २१ जनामा कोरोना पुष्टि भएकोमा १३ जना भारतबाट फर्किएका पुरुष र एक बालिका गरी १४ जना रहेका छन् ।

यस्तै, एकजना युएईबाट फर्किएका पुरुषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयकाअनुसार आन्तरिक ‘ट्राभल हिस्ट्री’मात्रै भएका तीनजना पुरुष र दुईजना महिलामा पनि कोरोना पुष्टि भइसकेको छ ।

अहिले प्रदेशका विभिन्न अस्पतालमा १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । पाँचजना कोरोनालाई जितेर यसअघि नै घर फर्किसकेका छन् ।

छजना संक्रमितको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, छजनाको टीकापुर अस्पताल तथा एक/एकजनाको डडेल्धुरा, दार्चुला र बैतडी अस्पतालमा उपचार भइरहेको छ ।