
बारा । लकडाउनका कारण लागत मूल्य नआएपछि बाराका कृषकको मकै बिग्रन थालेको छ ।
पर्याप्त गोदाम र भण्डारण नहुँदा खुल्ला ठाउँमा राखेको मकैमा ढुसी पर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
मकै बिग्रने अवस्था आएपछि लागत नउठे पनि १८ रुपैयाँ प्रति किलोग्राममा बेच्नुपर्ने बाध्यता भएको कृषक बताउँछन् ।
डुमरबाना, निजगढ, कोहल्बीमा स्थानीय गोला व्यापारीले सस्तोमा संकलन गरेको मकै २८ देखि ३० रुपैयाँसम्म दाना उद्योगहरुलाई बेच्ने गरेका छन् ।
स्थानीय, प्रदेश र संघीय सरकारले मकैको उचित मूल्य नतोक्दा र भण्डारणको अभावका कारण कृषकले मकै सस्तोमा बेच्नु परेको हो ।
बाराका तीन स्थानीय तहको ७ हजार हेक्टरमा मकै बाली हुने गरेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्