
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले युवा पुस्ताहरूलाई आफ्नो भविष्य उज्वल बनाउनतर्फ अग्रसर हुन आग्रह गर्नुभएको छ ।
शनिबार काठमाडाैंमा आयोजित लुम्बिनी एकेडेमी कलेजको अभिमुखिकरण तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हो । त्यस्तै, लुम्बिनी एकेडेमी कलेजका प्रधानाध्यापक रबिन भट्टराईले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै यसवर्ष उज्वल भविष्य निर्माणका लागि विद्यार्थीहरूले सही गन्तव्य रोज्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
साेही कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवं शिक्षाविद् तिर्थराज खनिया, कलेजका प्लस टु कार्यक्रमका संयोजक अञ्जनी कोइराला र बिबिएम कार्यक्रमका संयोजक रबिन्द्र लामाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मनोरञ्जनार्थ कमेडियन गणेश राई, डान्सर विक्रम मोक्तान, राष्ट्रिय फुटबल टिमका नेशनल कोच विष्णु गुरूङ मोटिभेस्नल स्पिकरसहित कलेजका विभिन्न विषयका शिक्षक शिक्षिका, अभिभावकसहित विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कलेजमा कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी, कानून लगायतका विषयहरू अध्यायन अध्यापन तथा पठन-पाठन हुँदै आइरहेको छ भने, व्याचलर तर्फ एमबीएस , बिबिएस, बिसिए र बिबिएम लगायतका कोर्सहरू पठन-पाठन हुँदै आइरहेका छन् ।
लुम्बिनी एकेडेमी कलेज विशेष गरी व्यवस्थापन तथा विज्ञान विषयका लागि उत्कृष्ट कलेजका रूपमा लिइन्छ ।
प्रतिक्रिया दिनुहोस्