१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


नेता बस्नेतद्वारा बालेनलाई मबादी, सस्तो लोकप्रियतावादी भएको आरोप


6.422k
Shares

काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले नक्सा पास नगरि अवैध तवरले बनाइएका संरचना भत्काउँदै हिडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध एकपछि अर्को फेसबुक पोष्ट गर्दै खरो विरोधमा उत्रेका छन् ।

नेता बस्नेतले काठमाडौं महानगरभित्रका अवैध संरचनामा डोजर चलाएकामा बालेनप्रति क्रुद्ध बनेको उनको पोष्टहरुबाट देख्न सकिन्छ ।

पछिल्लो पोष्टमा बस्नेतले मेयर बालेनलाई मबादी, सस्तो लोकप्रियतावादी भएको र आफ्नो एउटै स्टाटसले बालेनको समर्थकबीच भूकम्प गएको भन्दै नव उद्वारवादी बालेनको धरातल कमजोर रहेको बताएका छन ।

यस अघि बस्नेतले भत्काएर र ध्वंश गरेर हिरो हुन्छु भन्ने नसेच्न मेयर बालेन्द्रलाई चेतावनी दिएका थिए । २/४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि उनले आग्रह गरेका छन् ।