
काठमाडौं । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २७औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएकाे छ ।
काठमाडौंमा शुक्रबार शोभा भगवतीमा आयोजित कार्यक्रममा स्वर्गीय सिंहकाे प्रतिमामा माल्यार्पण गरिएको हाे । स्वर्गीय सिंहका छोरा प्रकाशमान सिंह र कांग्रेस नेताहरुले प्रतिमामा माल्यार्पण गरेका थिए ।
साेही कार्यक्रममा बोल्दै कांग्रेस नेता सिंहले मंगलादेवीले नेपालको प्रजातान्त्रिक आन्दोलन र महिला अधिकारका लागि पुर्याएको योगदानको चर्चा गर्नुभएकाे थियो ।
प्रतिक्रिया दिनुहोस्