Logo १९ कार्तिक २०८२, बुधबार | Thu Nov 6 2025


पाकिस्तानी प्रधानमन्त्री इमरान खान भन्छन्–भारतले नेपाल र चीनसँग परिस्थिति बिगारिरहेको छ


0
Shares

काठमाडौं, जेठ १४ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाल र भारतबीच चलिरहेको सीमा विवादका विषयमा मुख खोल्दै भारतको आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् टिप्पणी गर्दै इमरान खानले, धर्मको आडमा बाँचिरहेको मोदी सरकारको विस्तारवादी नीति छिमेकीहरूका लागि निरन्तर खतरा बनेको बताएका हुन् ।

प्रधानमन्त्री खानले आफ्नो ट्वीटर एकाउन्टमा लेखेका छन्, ‘नेपाल र चीनसँगको सीमा विवादमा भारतले परिस्थिति बिगारिरहेको छ ।’

 

अर्को ट्वीटमा खान लेख्छन्, ‘काश्मीरलाई अवैध रूपमा ओगटेर भारतले चौथो जेनेभा सम्मेलनअनुसार, युद्ध अपराध गरेको छ । मैले सधैं भन्दै आएको छु कि मोदी सरकार भारतीय अल्पसंख्यकका लागि मात्र नभएर क्षेत्रीय शान्तिका लागि नै खतरा बनेको छ ।’