दैलेख, जेठ १४ । दैलेखमा भारतबाट फर्कनेको संख्या बढेसंगै क्वारेनटाईनको अभाव भएको छ ।
दैनिक दुई हजार भन्दा बढी भारतबाट र्फकन थालेपछि क्वारेन्टाईनमा वेडको अभाव भएको हो ।
बेड नपुग्दा भारतबाट फर्किनेहरुलाई विद्यालयका बेन्चमा राखिएको छ ।
दैलेखका ११ वटा स्थानीय तहमा ८ सय ६२ वेड क्षमताका क्वारेन्टिन बनाइएकोमा ती सबै भरिसकेका छन् ।
नारायण नगरपालिकामा रहेको त्रिभुवन उच्च मावि क्वारेन्टिनमा राखिएकाहरुले बस्न असहज भएको भन्दै नारा जुलुश गरेका छन् ।
भारतबाट दैलेखमा १० हजार जना आईसकेको र ३२ हजार आउने क्रममा रहेको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्