३० असार २०८२, सोमबार | Mon Jul 14 2025


विश्वका थुप्रै देशहरु सलह किराको मारमा, लाखौं हेक्टरको बाली नस्ट गर्दै


0
Shares

गृष्मा राजभण्डारी (इमेज)

काठमाडौं, जेठ १४ । विश्वका विभिन्न मुलुकहरु अहिले सलह किराको मारमा परेका छन् । हजारौं हेक्टरमा लगाइएका बालीनाली सलहले सखाप पारेको छ ।

साधारण फट्याङ्ग्रा प्रजातिको बाली नस्ट गर्ने यो किराले पार्ने असर भने सामान्य छैन ।

चीनमा कोरोना महामारी सुरु हुनुअघि सलह किरा देखापरेको थियो । विभिन्न  अफ्रिकी मुलुकहरुमा लगाइएको धानबाली नस्ट गर्दै सलह चीन प्रवेश गरेको थियो ।

चीनपछि यसको समूह रसिया प्रवेश गर्दा त्यहाँको धानबालीमात्रै नस्ट गरेन, घर–घरमा प्रवेश गर्दा सर्वसाधारणको दैनिकीसमेत प्रभावित बनेको थियो ।

अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्नसक्ने सलह किराको समूह विश्वका कयौं राष्ट्रहरुमा प्रवेश गर्नेक्रममा रहेको छ । जुन चुनौतीको विषय बनेको छ ।

अहिले यो किराको समूह पाकिस्तान हुँदै भारत प्रवेश गरेको छ । भारतमा मात्रै यसले पाँच लाख हेक्टर जमिनमा लगाइएको बालीनाली नस्ट गरिसकेको छ ।

यो समूहको किरा पहिलोपटक ६० वर्षअघि देखापरेको थियो । सलह किरा ठूलो संख्यामा हुने र यसले सम्पूर्ण हरिया वनस्पतिहरू छोटो समयमा नै नस्ट गर्ने क्षमता राख्दछ ।

यो किरा एक दिनमा लगभग १३० किलोमिटरसम्म हुल बाँधेर उड्ने गर्छ ।

संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनको तथ्यांकअनुसार यो किराले प्रतिदिन दुई ग्रामसम्म खानसक्छ ।

एक किलोमिटरको हुलमा हुने सलहको करिब चारदेखि आठ करोड संख्याले ३५ हजारजनालाई एक दिनमा पुग्ने खाना नस्ट गर्नसक्छ । तर, मानिसलाई भने नोक्सानी गर्दैन ।

राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले सलह ‘प्लेग’को संज्ञा दिएको यसलाई नियन्त्रणमा लिन विश्वका थुप्रै राष्ट्रले विभिन्न उपाय अपनाएपनि सफल हुन सकेका छैनन् ।

विज्ञहरुले नेपालमा पनि सलहको प्रकोपको जोखिम रहेको भन्दै सचेत रहँदै आवश्यक पूर्वतयारी गर्न सुझाव दिएका छन् । –एजेन्सीको सहयोगमा ।