१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


भारतमा एकैदिन १७० जनाको मृत्यु, डेढ लाख नाघे संक्रमित


0
Shares

एजेन्सी, जेठ १४ । भारतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १७० जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा कोभिड १९ बाट ६ हजार ३८७ संक्रमित थपिएका छन् ।

अहिलेसम्म देशभर ४ हजार ३४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु हुँदा भारतमा अहिलेसम्म कोरोना १ लाख ५१ हजार ८७६ संक्रमित पुगेका छन् ।

उनीहरु मध्ये ८३ हजारभन्दा धेरै संक्रमित अहिले अस्पतालमा उपचाररत छन् । ६४ हजारभन्दा बढी व्यक्ति उपचारपछि निको भएर अस्पतालबाट घर फर्किएका छन् ।