Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


क्वारेन्टाइन व्यवस्थापनका क्रममा वडा अध्यक्षको मृत्यु


0
Shares

कन्चनपुर । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का वडा अध्यक्ष कल्लु रानाको आफ्नै वडाको राष्ट्रिय माविस्थित क्वारेन्टाइन व्यवस्थापनमा जुटेका बेला गएराति मृत्यु भएको हो ।

नगरपालिकाका प्रमुख कर्ण हमालले दिनभर क्वारेन्टाइन व्यवस्थापनमा खटिएका ५८ वर्षिय रानाको खाना खाएर राति साढे १० बजे फेरि क्वारेन्टाइनमा गएका बेला बेहोस भएपछि मृत्यु भएको बताए ।

रानाको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । उनको कोरोना परीक्षण गरिने नगर प्रमुख हमालले बताए ।