काठमाडौं, जेठ १४ । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
विश्वभर ३ लाख ५१ हजारभन्दा बढीको मृत्यु हुँदा अमेरिका एउटै देशमा अहिलेसम्म एक लाख ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ लाख २५ हजार नाघेको छ ।
विश्वभर संक्रमितको संख्या ५५ लाख ७८ हजारभन्दा बढी छन् । कोरोना संक्रमणबाट संसारभर २४ लाख २६ हजार व्यक्ति निको भएका छन् ।
सबैभन्दा बढी संक्रमितमा दोस्रो स्थानमा रहेको ब्राजिलमा ३ लाख ९२ हजार नाघेको छ । त्यहाँ साढे २४ हजारभन्दा बढीको मृत्यु भएको छ । रुसमा ३ लाख ६२ हजारभन्दा बढी संक्रमित हुँदा त्यहाँ मृतक ३८ सय रहेको छ ।
स्पेनमा संक्रमित २ लाख ८३ हजार नाघ्दा मृतक भने २७ हजार नाघेको छ । बेलायतमा २ लाख ६५ हजार नाघ्दा मृतक ३७ हजार नाघेको छ । इटालीमा २ लाख ३० हजार संक्रमित र ३२ हजार ९ सय व्यक्तिको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ८२ हजार संक्रमित र २८ हजार ५ सय व्यक्तिको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८१ हजार संक्रमित हुँदा ८ हजार ४ सयको मृत्यु भएको छ । टर्कीमा १ लाख ५८ हजार संक्रमित हुँदा मृतक ४३ सय नाघेको छ ।
भारतमा १ लाख ५० हजार संक्रमित पुग्दा मृतकको संख्या ४३ सय नाघेको छ ।
प्रतिक्रिया दिनुहोस्