
काठमाडौं, जेठ १३ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ४८ हजार नाघेको छ ।
५६ लाख ११ हजार बढी संक्रमित मध्ये २३ लाख ८८ हजार उपचार पछि निको भएका छन् ।
५३ हजार १सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।
पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ ।
संक्रमितको संख्या १७ लाख ६हजार नाघेको छ । बेलायतमा २ लाख ६१ हजार संक्रमित मध्ये ३६ हजार ९सय बढीको मृत्यु भएको छ ।
इटालीमा २ लाख ३० हजार १ सय ५८ बढी संक्रमित र ३२ हजार ८ सय बढीको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ८२ हजार ९ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ४ सय नाघेको छ ।
यस्तै स्पेनमा २ लाख ८२ हजार ४ सय बढी कोरोना संक्रमित मध्ये २६ हजार ७ सय बढीको मृत्यु भएको छ ।
ब्राजिलमा ३ लाख ७६ हजार ६ सय बढी संक्रमित हुंदा २३ हजार ५ सय बढीको मृत्यु भएको छ ।
उता जर्मनीमा १ लाख ८० हजार ८ सय बढी संक्रमित र ८ हजार ४ सय बढीको मृत्यु भएको छ ।
चीनमा ८२ हजार ९ सय ९२ कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ ।
यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ४६ हजार ३ सय नाघ्दा ४ हजार १ सय बढीकोे मृत्यु भएको छ ।
पाकिस्तानमा हालसम्म १ हजार १ सय ९७ जनाको मृत्यु हु्ँदा ५७ हजार ६७ सय बढी संक्रमित भएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्