Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


‘खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध’


0
Shares

काठमाडौं, भदौ २ । गृहमन्त्री रामबहादुर थापाले खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

दोस्रो देशव्यापी मिस्टर एभरेस्ट बडीबिल्डिङ च्याम्पियनसिपको शनिबार काठमाडौको दशरथ रंगशालामा उद्घाटन गर्दै गृहमन्त्री थापाले सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई पूरा गर्न खेल क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुने बताए ।

नेपालमा बडीबिल्डिङ खेलप्रति युवाको आकर्षण बढ्दै गएको भन्दै यसलाई व्यावसायिक बनाउन सरकार लागिपर्ने मन्त्री थापाको भनाइ छ ।

परस्परविरोधी देशहरुको सम्बन्ध समुधुर बनाउन खेलको महत्वपूर्ण भूमिका रहेकाले राजनीति र खेलबीच अन्योन्याश्रित सम्बन्ध रहेको पनि मन्त्री थापाले बताए ।

प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरुले सहभागिता जनाएका छन् ।