Logo २८ आश्विन २०८२, मंगलबार | Wed Oct 15 2025


बैंक अफ काठमाण्डूले मेलम्ची आयोजनाको ग्यारेन्टी वापतको रकम फिर्ता पायो


832
Shares

काठमाडौं । बैंकअफ काठमाण्डू लिमिटेडले मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको रकम फिर्ता पाएको छ ।

मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलशिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई उपलब्ध गराउने प्रायोजनको लागि सो आयोजना हिताधिकारी हुनेगरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट ग्यारेन्टी जारी गरिएको थियो । आयोजनाको काम ठेकेदार कम्पनीले सम्झौता अनुरुप पुरा नगरी बिचमै छोडेको हुँदा मेलम्ची खानेपानी आयोजनाले उक्त ग्यारेन्टीे उपर दावी गरेकोले बैंक अफ काठमाण्डूबाट ग्यारेण्टी वापतको रकम भुक्तानी गरिएको थियो । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो ।

तर, मेलम्ची खानेपानी आयोजना बिकास समिति र ठेकेदार कम्पनी चाइना रेलवे समूह–१५ बिच भएको बिवादको कारण उक्त बैंक ग्यारेण्टी भुक्तानी रोक्न चाइनिज अदालतमा परेको मुद्दाबाट अन्तरिम आदेश जारी भई चाइना कन्सट्रक्शन बैंकबाट बैंक अफ काडमाण्डूले पाउनु पर्ने भुक्तानी रकम प्राप्त नभएकोले अन्तर्राष्ट्रिय अभ्यास र ग्यारेण्टीको शर्तबन्देजहरुको पालन गरी भुक्तानी गर्न चीनको हेनान प्रान्त स्थित पिपुल्स् इन्टरमिडिएट कोर्ट तथा हेनान पिपुल्स् उच्च अदालतमा चलेको मुद्दा गत २५ जुलाईमा बैंकको पक्षमा फैसला भएको थियो । बैंकबाट मेलम्ची खानेपानी आयोजनालाई जारी गरेको एड्भान्स पेमेन्ट ग्यारेन्टी वापतको भुक्तानी रकम अमेरिकन डलर ६६ लाख २५हजार १० र युरो १४ लाख ११हजार ४५३ बैंक अफ काठमाण्डू लिमिटेडलाई आज फिर्ता आएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवणले जानकारी दिनुभयो ।

बैंक अफ काठमाण्डूले ग्यारेन्टी वापतको रकम भुक्तानी गर्ने गराउने काममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।