२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


सनसिल्कको यो वर्ष पनि युवतीहरुका लागि दशैं भाइब्स अभियान


507
Shares

काठमाडौं । नेपालीहरुको महान चाड दशैं नजिकिंदै गएको सन्दर्भमा सनसिल्क नेपालले आफ्नो सफल अभियान सनसिल्क दशैं भाइब्स यो वर्ष पनि शुरु गर्ने तयारी गरेको छ ।

यो अभियानले लाखौं नेपाली युवतीहरुलाई आफ्नो सुन्दर कपाललाई प्याकमा प्रदर्शन गर्न पाउने अवसर फेरी पनि प्रदान गर्ने कम्पनीको विश्वास छ ।

सनसिल्क विश्वकै सबैभन्दा ठूलो हेयरकेयर ब्राण्ड मध्येको एक हो । वर्षौंदेखि यो उपभोक्ताहरुको प्रिय बन्दै आइरहेको छ । युवतीहरुमा लुकेको सम्भावनाहरु उजागर गर्न र हर प्रकारका सम्भावनाहरुका लागि उनीहरुको कपाललाई तयार बनाउन सनसिल्कले दशकौंदेखि नेपालमा गुणस्तरीय कपाल स्याहारका उत्पादनहरु उपलब्ध गराउँदै आएको छ ।

नेपालको महान चाडमा आफ्ना ग्राहकहरुको जीवनको एक हिस्सा बन्न, गत वर्ष सनसिल्क नेपालले बडा दशैं २०७८ को अवसर पारेर पहिलोपटक एक डिजिटल प्रतियोगीता सनसिल्क दशैं भाइब्स अभियान शुरु गरेको थियो । जुन अभियान भव्य रुपमा सफल पनि भएको सनसिल्कले जनाएको छ । अभियानले नेपाली युवतीहरुलाई आफ्नो कपालको प्रदर्शन गरी आफ्नो क्षितिजलाई फैलाउने अवसर प्रदान गर्दै सनसिल्क ग्याङ्ग अफ गल्र्सको एक हिस्सा बनेर ब्राण्डसँग आबद्ध हुने मौका दिएको थियो । त्यसलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको सनसिल्कले जनाएको छ ।

गत वर्ष दशै भाइब्समा आशिना देउला, प्रतिमा कार्की र लालना चिमरिया विजेता बनेका थिए । उनीहरु तीनै जना सनसिल्कका ब्राण्ड एंबेसडर द्वय प्रिन्सी र प्रिज्माका साथमा ब्राण्डको प्रतिनिधित्व गर्न जोडिएका थिए । प्रतियोगीताको विजेताहरुको रुपमा उनीहरुले यस वर्षको “सीमित विशेष दशैं प्याक मा प्रस्तुत हुने अवसर प्राप्त गरेका छन्, जुन प्याक नेपालमा पहिलो पटक प्रस्तुत गरिंदैछ । यो नयाँ ३ प्याकमा हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट रहेका छन् । नेपालको लाखौं घरहरुमा यो नयाँ प्याकले स्थान पाउने अपेक्षा कम्पनीको छ । ३ नयाँ प्याकहरु मध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलो पटक पेश गरिएको हो ।
युनिलिभरका प्रबन्ध निर्देशक आमलन मुखर्जीले लाखौं उपभोक्ताहरुद्वारा रुचाइएको र देशभर बिक्री हुने, सनसिल्क नेपालको सर्वाधिक ठूलो सौन्दर्य ब्राण्ड रहेको भन्दै यसलाई नेपालका उपभोक्ताले मनाउँने स्थानीय चाडपर्व र संस्कृतिसँग जोड्न चाहेको बताउनुभएको छ ।

सनसिल्क ग्याङ्ग अफ गल्र्सको सक्रियता र सनसिल्क दशैं भाइब्स त्यस्तै प्रयासहको अँग भएको उहाँको भनाई छ ।