३० असार २०८२, सोमबार | Mon Jul 14 2025


रसुवामा माछालाई खुवाउने दानाको अभाव


0
Shares

रसुवा । रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवामा माछालाई खुवाउने दानाको अभाव भएको छ ।

दाना बनाउन आवश्यक पर्ने सिद्रा माछा नेपालमा नहुने र लकडाउनका कारण भारतबाट ल्याउन नसकिएकाले माछालाई खुवाउने दानाको अभाव हुँदै गएको हो ।

केन्द्रले यस वर्ष उत्पादन गरेको पचास हजार वटा अण्डा तथा एक लाख माछाका भुरा मध्ये सत्तरी प्रतिशत अण्डा र माछाका भुरा कृषकमाझ पुगिसकेको जनाएको छ ।

लक डाउनका कारण माछाका भुरालाई दाना खुवाउनु पर्दा दानामा कमी हुन थालेको हो ।

कृषक माझ पुर्‍याउन नसकिएका माछाका भुरा तथा अण्डालाई दाना खुवाउनु पर्दा पनि दानाको कमी हुँदै गएको हो ।

अनुसन्धान केन्द्रले माछाका अण्डा प्रति गोटा दुई रुपैयाँ तथा भुरा प्रति गोटा सात रुपैयाँका दरले कृषकलाई दिँदै आएको छ ।

यस केन्द्रमा उत्पादन भएका अण्डा तथा माछाका भुरा रामेछाप, सोलुखुम्बु, लम्जुङलगाएतका जिल्लामा लैजाने गरिँदै आइएको छ ।