
स्याङजा । यहाँका एक किसानले माटो विनानै तरकारी खेती गरेका छन् ।
स्याङजा गल्याङ ३ का ओम थापाले पानी र गिटीमा आक्वापोनिक्स बिधीबाट माछा र तरकारी उत्पादन गरेका हुन् ।
बिना माटो पानी र गिटीमा गरिने खेती हाइड्रोपोनिक्स र एरोपोनिक्स विधिबाट यो खेती गर्न सकिने भएपनि थापाले आक्वापोनिक्स विधिको खेतीको सुरुवात गरेका हुन ।
गिटी, थर्मोकल र पाइपमा पानीमाथी आक्वापोनिक्स प्रविधिको खेती गरीने गरीन्छ ।
थापाले आफ्नो घरको अण्डर ग्राउण्डमा ५ वटा पोखरी निर्माण गरी माछा पालेका छन् भने घरको छतमा गिटी र पाइपमा तरकारी खेतीको सुरुवात गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्