
भोजपुर । भोजपुरे खुकुरीको माग धान्न समस्या हुने गरेको छ ।
दक्ष कालीगढको अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो ।
संरक्षणको अभावले कालीगढ पेसा लोप हुने अवस्थामा पुगेपछि खुकुरी उत्पादनमासमेत कमी आएको छ । स्थानीय र बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म यसको माग हुने भए पनि माग अनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यवसायीहरु बताउछन् ।
उद्योगबाट भोजपुरे, सिरुपाते र चित्लाङले कोथीमोडा लगायतका खुकुरी बन्ने गरेका छन् । भोजपुरका खुकुरीको विश्व बजारमासमेत माग हुँदै आएको छ । यहाँ उत्पादन भएका खुकुरी न्यूनतम एक हजार रुपैयाँदेखि अधिकतम २० हजार रुपैयासम्म पर्ने गरेको छ । कच्चा बदार्थको अभावका कारण खुकुरी उत्पादन घटेको रञ्जीता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरको गुनासो छ ।
पेसा लोप हुने अवस्थामा पुगेको भन्दै राज्यले लगानी गरिदिनु पर्ने उनीहरुको माग छ । सामुदायिक वनबाट काठ र कच्चा पदार्थ सहज रुपमा उपलब्ध गराउन पनि उनीहरुले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्