
काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङमा सञ्चालित पसल तथा गोदामहरु हटाउन सुरु गरेकाे छ ।
गत साउन १ गते ३५ दिने सूचना दिएर अण्डरग्राउण्डका पसल र गोदामहरु हटाउन भनेको महानगरपालिकाले साेमबारदेखि फिल्डमै उत्रिएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफैं नयाँ बानेश्वर क्षेत्रमा पुगेर अण्डरग्राउण्डमा राखिएका पसलहरु हटाउने अभियान सुरु गर्नुभएको हो ।
भवन निर्माण गर्दा पार्किङको नक्सा पास गरेका तर पार्किङको सट्टा पसल र गोदामका लागि भाडामा लगाएका स्थानका पसलहरु हटाउन थालिएको हो । महानगरका सवै वडा र टोलमा अनुगमन गरेर जुन प्रयोजनका लागि नक्सा पास गरिएको सोही प्रयोजनमा प्रयोग गराउने पनि महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्