१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


साँखुमा मृत्यु भएकी युवतीको स्वाब परीक्षणका लागि टेकु पठाइयो


0
Shares

साँखु, जेठ १२ । शङ्खरापुर नगरपालिका साँखुमा सोमबार मृत्यु भएकी एक युवतीको पिसीआर परीक्षणको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ ।

वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी २० वर्षीय रीतु राईको मृत्यु भएपछि स्वाब परीक्षणको लागि पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईले बताए ।

कञ्चनपुरबाट आएको दिनदेखि १० दिनसम्म उनलाई इन्द्रेणीको स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा राखिएको थियो ।

उनको आरडिटी रिपोर्ट पनि नेगेटिभ आएपछि उनी आफन्तको घरमा गएकी थिइन् ।

क्षयरोगको समेत बिरामी रहेकी उनको स्वास्थ्य असामान्य हुँदै गएपछि साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल कलेजमा लगिएको थियो ।

सोमबार बिहान उनको अस्पतालमै मृत्यु भएको चापागाईंले बताए । रासस