१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्छौंः प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, जेठ १२ । प्रधानमन्त्री केपी ओलीले देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण गरिने बताएका छन् ।

सोमबार साँझ देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशमा २० भन्दा बढी प्रयोगशाला स्थापना गरी विस्तार गरिएको बताए ।

ओलीले क्वारेन्टीनको संख्या र गुणस्तर विकास गरिने भन्दै बन्द भएका होटल र खाली सार्वजनिक संरचनालाई क्वारेन्टीइनका रुपमा विकास गरिने जानकारी दिए ।

महामारी विरुद्धको लडाइ शुरुमा अलमल जस्तो भएपनि अहिले सही दिशामा रहेको र दक्षिण एशियामा नेपालको अवस्था सन्तोषजनक रहेको जिकिर गरे ।

प्रधानमन्त्री केपी ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले उद्दार गर्ने आश्वासन दिँदै विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको पनि बताए ।

उनले छिमेकी भारतबाट आउनेहरुमा परीक्षणको अभाव हुँदा महामारी तीब्र गतिमा बढेको बताए । उनले स्वदेश फर्कनेको अनिवार्य परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

अझै नेपालमा केही समय कोरोना संक्रमण देखिने भन्दै उनले समुदायस्तरमा कोरोना थप विस्तार हुन नदिन सरकारले उचित कदम चाल्नेबताए ।

उनले खेतीपातीको याम खेर जान नदिन, सामाजिक दूरी र आवश्यक परहेजलाई ख्याल गरी कृषिकार्य अघि बढाइने बताए ।