Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


रसुवामा आलुको बीउ उत्पादन


0
Shares

रसुवा, जेठ १२ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ रसुवाले कृषकहरुलाई आवश्यक पर्ने आलुको बीउ उत्पादन सुरु गरेको छ ।

आलु जोन कार्यक्रमअन्तर्गत् कार्यालयले जिल्लामा नरोपिएको नयाँ बीउ बाहिरबाट १० हजार किलो मूल बीउ ल्याइ जिल्लाका पाँचओटै गाउँपालिकाका ६५ कृषकलाई दिएपछि अहिले उनीहरुले १६ स्थानमा बीउ उत्पादनको काम सुरु गरेका हुन् ।

कार्यालयले कृषकलाई ५० प्रतिशत अनुदान प्रदान गरी आलुको बीउ उत्पादनको काम अघि बढाएको छ ।

२५ सय हेक्टर जमिनमा आलुखेती गरिने यस जिल्लामा कृषकहरुले लामो समयदेखि पुरानो बीउको प्रयोग गर्दै आएका थिए ।