१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर ल्याब स्थापना


0
Shares

काठमाडौं, जेठ १२ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ ।

ल्याबमा एक ‘सिफ्ट’मा ९६ जनाको स्वाव परीक्षण गर्ने क्षमता रहेको छ । यो सँगै देशभरी पीसीआर परीक्षणका लागि १७ वटा ल्याब सञ्चालनमा आएका छन् ।

अस्पतालसँग तीन वटा पीसीआर मेसिन रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा.रुना झाले नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा बढाउन पूर्ण क्षमतामा ल्याव सञ्चालन गर्न आग्रह गरीन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले अहिले पुरा क्षमतामा ल्याब सञ्चालन गरेर परीक्षणको दायरा बढाउनुपर्नेमा जोड दिए ।