Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


सूर्यबिनायक नगरपालिकाले दियो भोलि सार्वजनिक बिदा


6k
Shares

भक्तपुर । सूर्यबिनायक नगरपालिकाले भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको आइतबार बिहान बसेको बैठकले डोलेश्वर महादेव नै केदारनाथको शिर भएको घोषणा भएको विशेष दिन भदौ ६ गते स्थानीय पर्वको रुपमा सूचीकृत गरी नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

वडाध्यक्ष बस्नेतले भन्नुभयो ‘भदौ ६ गतेलाई नगर कार्यपालिकाले स्थानीय पर्वको रुपमा ग्रहण गरी यसको महिमा अझ उजागर गरिदिनु भएको छ, यस कदमले श्री केदारनाथ शिर डोलेश्वर महादेवलाई प्रमुख धार्मिक पर्यटकिय स्थलको रुपमा थप चिनाउन कोशे ढुंगा साबित हुने छ ।’

भक्तपुरको सूर्यबिनायक नगरपालिका–८, सिपाडोलस्थित डोलेश्वर मन्दिरलाई भदौ ६ गते भारतको उत्तराखण्डमा अवस्थित केदारनाथको शिर भएको घोषणा गरेको दिनको अवसरमा सोमबार मन्दिरको चारैवटा ढोका खुल्ला गरिने छ ।

यस मन्दिर भक्तजनहरुका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रीका दिन मात्र मन्दिर खुल्ला गरिन्छ । सोमबार मन्दिरमा आउने दर्शनार्थीहरुले आफ्नै हातबाट पूजा गर्न पाइन्छ । अन्य दिन पुजारीहरुबाट पूजाआजा गर्ने गरिन्छ ।

साथै सोमबार श्रावण १ गतेबाट सञ्चालन भएको श्रावणी मेला २०७९ समापन हुने कार्यक्रम रहेको छ ।

पछिल्लो समयमा धार्मिक क्षेत्रका रुपमा परिचित डोलेश्वर मन्दिरमा पूजा आजा गर्न भारत तथा देशका विभिन्न स्थानबाट समेत भक्तजनहरु आउने गर्दछन् ।