१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


यसरी राखिँदैछ विश्वभर भौतिक दूरी (फोटो फिचर)


0
Shares

एजेन्सी, जेठ १२ । कोरोना भाइरसले महामारीको रुप लिएपछि अहिले विश्व नै आक्रान्त छ । यसको नियन्त्रणका लागि विश्वभर विभिन्न उपाय अवलम्बन गरिएका छन् । यसबाट जोगिन लगाइएका विभिन्न किसिमको प्रतिबन्ध क्रमशः हटाउन थालिएको पनि छ ।

यद्यपि, जोखिम कम भएको छैन । जोखिम न्यूनीकरणका लागि भौतिक दूरी कायम राख्ने अभ्यास विश्वभर नै थालनी भएको छ ।

विश्वभर भौतिक दूरी कायम राख्ने अभ्यास भइरहेको छ । हेरौं केही तस्वीरः–

श्रीलंकाको राजधानी कोलम्बोको वल्र्ड ट्रेड सेन्टरको लिफ्टमा भौतिक दुरी कायम गर्ने अभ्यास गर्दै मानिसहरु ।REUTERS

अष्ट्रेलियाको सिड्नीस्थित फाइभ डक डाइनिङ रेष्टुरेन्टमा राखिएका कार्बोडबाट बनाइएको ग्राहकहरु ।GETTY IMAGES

थाइल्याण्डको बैंककमा रहेको पेन्गुइन इट शाबु रेष्टुरेन्टमा खाना खाइरहेका मानिस ।REUTERS

अल्बानियाको एक विद्यालयमा भौतिक दूरी कायम गर्न भवनभित्र प्रवेशको लागि निर्देशनको रेखा कोरिएको छ । उक्त रेखाअनुसार मानिसहरु भवनभित्र प्रवेश गर्नुपर्ने हुन्छ ।AFP

अमेरिकाको टेक्सासस्थित होउस्टनमा रहेको बेल्ला रिनोभा हेयर सैलुनमा कपाल धुँदै गरेका महिला । उनीहरुको बीचमा भौतिक दुरी कायम राख्नको लागि डिभाइडर राखिएको छ ।REUTERS

बेल्जियमको ब्रसेल्सस्थित विद्यालयमा भौतिक दूरी कायम राख्ने प्रयासमा विद्यार्थी ।REUTERS

फ्रान्सको नाइसमा रेलमार्गको अगाडि भौतिक दुरी कायम गरेर उभिएका मानिस ।REUTERS

अमेरिकाको सन्फ्रान्सिस्कोमा घरबारविहीन मानिसको लागि भौतिक दूरीको व्यवस्थासहित बनाइएको अस्थायी बासस्थान ।GETTY IMAGES

थाइल्याण्डको बैंककस्थित एक रेष्टुरेन्टमा भौतिक दूरी कायम राख्नका लागि एउटा कुर्सीमा राखिएको पाण्डाको डमी।EPA

स्पेनको मेड्रिडस्थित चर्चमा प्रार्थना गरिरहेका मानिसहरु चर्चमा निकै कम मात्र मानिस अनिवार्य रुपमा मास्क र भौतिक दुरीको नियम पालना गर्दै जान पाउँछन् ।GETTY IMAGES

इटालीको मिलानस्थित रेष्टुरेन्टमा ग्राहकको तापमान नाप्दै एक वेटर ।REUTERS

लेबनानको बेरुतस्थित एक मस्जिदमा शुक्रबार रमजानको अवसरमा भौतिक दूरी कायम गरेर प्रार्थना गर्दै मानिस ।GETTY IMAGES

स्रोत : बीबीसी