
एजेन्सी, जेठ १२ । अमेरिकाले भर्खरै ब्राजिल गएका विदेशी नागरिकलाई यात्रा अनुमति नदिने निर्णय लगाएको छ ।
पछिल्लो १४ दिनमा ब्राजिल पुगेकाहरुलाई अमेरिकाले आफ्नो देश प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । ब्राजिलमै रहेका वा हालै त्यहाँ गएका अमेरिकीलाई भने यो नियम लागु नहुने पनि जनाइएको छ ।
कोरोना भाइरसका नयाँ केस अमेरिका नभित्रिउन् भन्न ब्राजिलबाट हुने यात्रामा प्रतिबन्ध लगाइएको राष्ट्रपति कार्यालयकी प्रवक्ताले जनाएकी छिन् । प्रतिबन्ध मे २८ देखि लागु हुनेछ ।
ब्राजिल पछिल्लो दिनमा कोरोना भाइरस महामारीको नयाँ ‘इपिसेन्टर’ बनेको छ भने लाखौ व्यक्ति संक्रमित भएका छन् । विश्वमा सबैभन्दा धेरै संक्रमित हुने देश अमेरिका हो भने ब्राजिल दोस्रो स्थानमा रहेको छ ।
संक्रमण तीव्र गतिमा फैलिरहेको ब्राजिलमा संक्रमितको संख्या तीन लाख ६३ हजारभन्दा बढी भएको छ । मृतकको संख्या २२ हजार नाघेको छ ।
प्रतिक्रिया दिनुहोस्