Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


कांग्रेसले संविधान संशोधनका विषयमा केन्द्रीय समितिको बैठकबाट निर्णय गर्ने


0
Shares

काठमाडौं, जेठ ११ । नेपाली कांग्रेसले संघीय संसद्मा सरकारले दर्ता गरेको संविधान संशोधनको प्रस्ताव र मधेसवादी दलहरुको उठाउँदै आएको सविधान संशोधनको मागका विषयमा केन्द्रीय समितिमा छलफल गर्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले यसको लागि चाँडै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

बैठक लिपुलेक लगायतका समस्य समाधान गर्न उच्चस्तरीय वार्ता गर्नु पर्ने दोहोर्‍याएको छ ।

समाजवादी र राजपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई शनिबार उनकै निवासमा भेट गरी संविधान संशोधनका क्रममा आफुहरुले उठाउँदै आएका मागलाई पनि समावेश गर्नु पर्ने माग राखेका थिए ।

त्यसैगरीबैठकले कोरोना नियन्त्रणका लागि पीसीआर प्रविधिको दायरा बढाउनु पर्ने, भारतबाट नेपाल आउन चाहने नेपालीलाई क्वारेन्टाईनको उचित व्यवस्था गर्नु पर्ने, एकल महिलालाई दिइँदै आएको भत्ता नरोक्न समेत सरकारसँग माग गरेको छ ।