Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


कक्षा १० र ११ को परिक्षा खारेज गर्न माग


0
Shares

काठमाडौ., जेठ ११ । संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा एसइई परिक्षासहित कक्षा ११ को परिक्षा हटाउनुपर्ने माग उठेको छ ।

आइतबार बसेको बैठकमा सांसद पम्फा भुसालले एसईई परीक्षा हटाई कक्षा १२ को परीक्षा, परीक्षा बोर्डबाट लिनुपर्ने बताए ।

उदले एसईई परीक्षा सञ्चालनमा आर्थिक स्वार्थ लुकेको हुनसक्ने आशंका गरेका छन् ।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले अध्यादेश जारी गरेर भएपनि कक्षा १० र ११ को परीक्षा हटाउन उपयुक्त हुने सुझाव सरकारलाई दिए ।

कोरोनाको समयमा विद्यालय सञ्चालन गर्न कठिन भए उत्पादनसँग जोडेर शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा कोइरालाले जोड दिए ।

बैठकमा अनलाइन शिक्षा सबै स्थानमा उपयुक्त नहुँने भएकाले टेलिभिजन, रेडियो, छापा लगायतको सञ्चारमाध्यामको प्रयोग गरेर पाठ्यक्रम विकास गर्नुपर्ने आवाज बैठकमा उठेको छ ।

सांसद प्रभु शाहले अनलाइनको पाठ्यक्रम विकास गर्न मन्त्रालयले बनाएको योजनाको बारेमा प्रश्न उठाए ।

यस्तै सांसद डा. मिनेन्द्र रिजालले स्थानीय तहबाट शैक्षिक कृयाकलापलाई व्यवस्थापन गर्नुपर्ने धारणा राखे ।

अन्य सांसद तथा शिक्षाविद्हरुले लकडाउनका कारण पठनपाठन प्रभावित हुँदा बाल मनोविज्ञानमा असर परेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

समितिले वैकल्पिक उपाय निकालेर विद्यालय सञ्चालन गर्नुपर्ने भन्दै छलफल शुरु गरेको हो ।