Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने नेता नेपालको चेतावनी !


14.3k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिनु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा बोल्दै अध्यक्ष नेपालले ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टी पंक्तिलाई सचेत गराउनु भएको हो । ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने उहाँको चेतावनी थियो । अध्यक्ष नेपालले हामीलाई अपराधि घोषणा गर्ने, देशद्रोही भन्ने, अस्तित्वलाई समेत स्विकार नगर्ने ओलीलाई मुखभरीको जवाफ दिन पार्टीका नेता, कार्यकर्ताहरुलाई सक्रिय हुन आग्रह समेत गर्नु भयो । उहाँले एमालेसँग जाने कल्पना समेत गर्न नसकिने पटकपटक दोहो¥याउनु भयो ।

अध्यक्ष नेपालले विचार मिल्ने, कुरा मिल्ने बामपन्थी दलहरुसँग एकतावद्ध भएर जाने प्रस्ताव आफ्नो पार्टीले अगाडि बढाईरहेको तर एमालेसँग भने मिल्ने कुनै सम्भावना नभएको बताउनु भयो । उहाँले स्थानीय तहको चुनावमा भन्दा पनि थप सफलता हासिल गर्नका लागि आफ्नो पार्टीले आगामी चुनावमा पनि सत्तारुढ गठबन्धन कायमै राखेर अघि बढने निर्णय लिएको उल्लेख गर्नु भयो।

अध्यक्ष नेपालले पार्टी विभाजन भएको बेला गएका १० भाईहरुको एमालेमा बिजोग भईरहेको टिप्पणी पनि गर्नु भयो । एमालेमा बिजोग हुने अवस्था आउने देखेरै आफूहरुले बाध्य भएर नयाँ पार्टी गठन गर्नु परेको उहाँको भनाई थियो ।