Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


रक्सौलमा सयौं नेपाली अलपत्र


0
Shares

वीरगञ्ज, जेठ ११ । भारतीय शहर रक्सौलमा तीन सय नेपाली एक हप्तादेखि अलपत्र परेका छन् ।

आफ्ना नागरिक भित्र्याउने सरकारको प्रष्ट नीति नहुँदा सयौं नेपालीहरु सिमामा फसेको भारतीय महावाणिज्य दुतावास वीरगन्जले जनाएको छ ।

नेपाल सरकारले रक्सौलमा रहेका नेपालीहरुलाई बोलाउन लिखित पहल नगरेकाले नेपालीहरु नाकामा अलपत्र परेका हुन् ।

स्थानिय प्रशासनले मौखिक रुपमा दबाव दिएपनि लिखितरुपमा काम हुन नसक्दा नेपालीहरुले सिमा नाकामा सास्ती खेप्नु परेको हो ।

रक्सौलका तीनवटा क्वारेन्टाइनमा नेपालका २५ जिल्लाका तीन सयजना बढी रहेको र लिखितरूपमा कुनै कागजात अघि नबढ्दा भारत सरकारको गृह मन्त्रालयले छोड्न नमानेको बताइएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले भारतीय अधिकारीसँग सहकार्य भइरहेको बताए ।