Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


राजाको तस्वीर भएको नोट नचलाउन राष्ट्रबैंकको निर्देशन


0
Shares

काठमाडौं, जेठ ११ । अब राजाको तस्वीर भएको नोट चलनचल्तीमा ल्याउन नपाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार एक निर्देशिका जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन निर्देशन दिएको हो ।

बैंकले राजाहरुको तस्वीर अंकित नोटलाई झूत्रे, मक्किएको, कुहिएको नोटको श्रेणीमा राख्दै (अर्थात् खोटा सिक्कासरह) प्रयोगमा नल्याउन निर्देशन दिएको हो ।

त्यस्ता नोटहरु सर्वसाधारणले बैंकमा बुझाउन सक्ने पनि राष्ट्र बैंकले जनाएको छ । बैंकमा आएका त्यस्ता नोटहरु सबै बैंकले राष्ट्र बैंकमा बुझाउनु पर्ने निर्देशनमा उल्लेख छ ।

सफा नोट नीति कार्यान्वयन भन्दै जारी निर्देशिकामा राष्ट्र बैंकमा बुझाउन अप्ठेरो पर्ने बैंक तथा वित्तीय संस्थाहरुले नजिकै नोट कोष रहेको जुनसुकै बैंकमा गएर त्यस्ता नोट बुझाउन सकिने सुबिधा पनि केन्द्रीय बैकले दिको छ ।

बैंकले झूत्रा र सफा नोट बर्गीकरण गर्न पनि बैंकहरुलाई भनेको छ । नोटमा स्टिच प्रयोग नगर्न पनि भनिएको छ ।