३० असार २०८२, सोमबार | Mon Jul 14 2025


धादिङमा बजार बन्द


0
Shares

धादिङ, जेठ ११ । लकडाउनको उल्लंघन गरी धादिङमा आफु खुशी खोलेको बजार स्थानीय प्रशासनले बन्द गराएको छ ।

सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणकालागी लकडाउनलाई झनै कडाइ गरेको बेला धादिङबजार खुल्न थालेपछि स्थानीय प्रशासनले आइतबार अनुगमन गरी सबै पसल बन्द गराएको हो । व्यापारीहरुले उद्योग वाणिज्य संघले खोल्न आह्वान गरेका कारण सबैजसो पसलहरु खुल्ला गरेको बताएका छन् ।

जिल्लामा भारतमा अलपत्र परेका मानिसहरु विभिन्न बाटो हुँदै आएपछि कोरोना संक्रमणको जोखिम हुन सक्ने भन्दै स्थानीय प्रशासनले लकडाउन झनै कडाई गर्नु पर्ने माग गरेका छन् ।