Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


बाँकेको नरैनापुरमा सेना परिचालन, अनिश्चितकालीन निषेधाज्ञा जारी


0
Shares

बाँके, जेठ ११ । बाँकेमा कोरोना संक्रमणको हट स्पट नरैनापुर गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला सुरक्षा समिति बाँकेको आइतबार बसेको बैठकले नरैनापुरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्दै नेपाली सेनाका मेजरको नेतृत्वमा सुरक्षाटोली परिचालन गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणका कारण भयाबह स्थिति हुन सक्ने भन्दै गाउँपालिकाले तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारसंग माग गरको थियो ।

गाउँपालिकाले क्वारेन्टाइनबाट समुदायस्तरसम्म संक्रमण फैलिने र स्थिति भयाबह हुने सम्भावना देखिएको भन्दै स्थिति नियन्त्रण भन्दा बाहिर जान नदिन बाँके प्रशासन मार्फत् नेपाल सरकार र प्रदेश सरकारसंग सहयोगको आग्रह गरेको छ ।

उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न माग गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।

संक्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिहरुले उक्साउने र कोरोना भाइरसबारे भ्रम सिर्जना गरी स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र संक्रमित भगाउने जस्ता क्रियाकलाप गरिरहेकाले संक्रमण समुदाय स्तरमै फैलिन सक्ने गाउँपालिकाको भनाइ छ ।

प्रदेश ५ को पिछडिएको क्षेत्र नरैनापुर गाउँपालिकामा शिक्षा र चेतनाको कमीका कारण कोराना भाइरस प्रतिको धारणा र अन्धविश्वासले पनि समस्या निम्त्याएको छ ।

भारतका कोरोना अति प्रभावित क्षेत्रहरुबाट अझै हजारौं मानिस आउन सक्ने भएकाले जोखिम झन् बढ्न सक्ने आंकलन गाउँपालिकाको छ ।