Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


दाङमा पोखरीमा डुवेर एक युवकको मृत्यु


0
Shares

दाङ, जेठ ११ । रोल्पाका रुन्टीगढी गाउँपालिका वडा नं. ९ घर भई हाल घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियामा बस्दै आएका २२ बर्षीय विजय केसीको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार गुलरियाको पोखरीमा नुहाउन गएका उनको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिकाले बनाएको उक्त पोखरीमा आईतबार बिहान साढे ११ बजेतिर डुबेर उनको मृत्यु भएको हो ।

उपमहानगरपालिकाले सोही ठाउँमा दुइवटा ड्याम बनाएको छ ।