काठमाडौं, जेठ ११ । नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवाले वीर अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरेकी छिन् ।
संकटविरुद्ध अग्र भागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई आइतबार अस्पताल पुगेर स्वास्थ्य सामाग्री हस्तानान्तरण गरिएको नेपाल विद्यार्थी संघका नेता दुजाङ्ग शेर्पाले जानकारी दिए ।
शेर्पाका अनुुसार नेतृ राणाले अस्पतालको क्यान्सर वार्डमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुको हौसला बढाउन स्वास्थ्य सामाग्री वितरण गरेकी हुन् ।
नेता शेर्पा र तरुण दलका नेता राम चालिसेको हातबाट अस्पतालका डाक्टर सन्ध्या चापागाँईंलाई २५ थान पीपीइ सेट, फेस सील्ड, सर्जिकल माक्स लगायतका अन्य सामाग्री हस्तानान्तरण गरिएको छ ।
नेतृ राणाद्वारा संकट अवधिभर स्वास्थ्यकर्मीहरुलाई सुरक्षीत रहन आवासको व्यवस्थापन गर्न लागिएको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्