
विनोदसिंह विष्ट (इमेज)
बैतडी, भदौ २ । पहिरो गएपछि महाकाली राजमार्ग पुनः अवरुद्ध भएको छ ।
पहिरोका कारण तीन दिनसम्म अवरुद्ध भएर बुधबारदेखि सन्चालनमा आएको राजमार्ग पुनः अवरुद्ध भएको हो ।
लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुला सडकखन्डअन्तर्गत् विभिन्न ठाउँमा पहिरो तथा खोलाले सडक नै कटान गरेपछि शनिबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।
मालिकार्जुन गाउँपालिका–३, तेर्छेलेक, महाकाली नगरपालिकाको दत्तुबजारनजिक, चुनेलगायतका ठाउँमा पहिरो खस्दा र महाकाली नगरपालिकाको काकडा खोलाले सडक कटान गर्दा राजमार्ग अवरुद्ध भएको प्रहरी जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्