
जनकपुर, जेठ ११ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसन कक्षबाट आइतबार एकजना कोरोना संक्रमित पुरुष भागेका छन् ।
स्वाब संकलन गर्ने क्रममा उनी भागेको बताइएको छ । बैशाख ३१ गते आएको रिपोर्टमा संक्रमित भएको खुलेपछि उनलाई सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलस्थित घरमा फेला पारी आइसोलेसनमा ल्याइएको थियो ।
प्रादेशिक अस्पतालमा राखेर स्वाब संकलन गरेलगत्तै उनी फरार भएका थिए ।
जनकपुरधाममा पुरानो मेसिनबाट गरिएको परीक्षणमा नेगेटिभ देखिए पनि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाउँदा पोजेटिभ आएको थियो ।
पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा ल्याइसकेपछि उनी आज बिहान भागेका हुन् ।
उनको खोजी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्