१० फाल्गुन २०८०, बिहिबार | Fri Feb 23 2024


फिल्म ‘भगवत् गीता’ को टिजर सार्वजनिक


1.04k
Shares

काठमाडौं । कृष्ण जन्माष्टमीको अवसर पारेर सुहाना थापा अभिनित फिल्म ‘भगवत् गीता’ को टिजर सार्वजनिक भएको छ ।

झरना थापाले श्रीकृष्ण जन्माष्टमीको शुभकामना व्यक्त गर्दै फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी हुन् ।

फिल्म घोषणासँगै फिल्मका मुख्य नायिका सुहाना थापाको फस्टलुक सार्वजनिक गरिएको छ । सुहाना थापा प्रोडक्सनले आगामी वर्षको वैशाख १ गतेलाई फिल्मको प्रर्दशनी मिति घोषणा गरेको छ ।

फिल्मलाई निर्देशक तथा अभिनेत्री झरना थापाले निर्देशन गरेकी छिन् । सुहाना थापाकै होमप्रोडक्सन सुहाना इन्टरटेनमेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको सह-निर्माता अमृत राई, जंग राई र खेम गुरुङ छन् । फिल्ममा साहिल खानको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन र संजय लामाको छायांकन रहेको छ ।

फिल्मका लागि सुहानाको जोडी खोजी भइरहेको छ । जनकपुरको जानकी मन्दिरमा खिचिएको दृश्यमा सुहाना भक्तको रुपमा प्रस्तुत छिन् ।