१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


अमेरिकाको न्यूयोर्कमा दुई महिनापछि सयभन्दा कमको मृत्यु


0
Shares

एजेन्सी, जेठ ११ । अमेरिकाको न्यूयोर्कमा दुई महिनापछि पहिलो पटक कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सयभन्दा कममा ओर्लिएको छ ।

अमेरिकाको कोरोना इपिसेन्टर बनेको न्यूयोर्कमा मार्च महिनापछि पहिलो पटक कोरोनाका कारण सयभन्दा कमको मृत्यु भएको त्यहाँका गभर्नरले जनाएका हुन् ।

न्यूयोर्कका गभर्नर एन्ड्रु कूमाले पछिल्लो २४ घण्टामा ८४ जनाको मात्र मृत्यु भएको जानकारी दिएका हुन् ।

 

अमेरिकाभरमै सर्वाधिक प्रभावित राज्य न्यूयोर्कमा अप्रिलमा एकैदिन एक हजारभन्दा बढीको मृत्यु भएको थियो । कोरोनाभाइरसका संक्रमित पनि कम हुँदै गएको जनाइएको छ ।

अमेरिकामा अहिलेसम्म साढे ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १६ लाख ६६ हजारभन्दा बढी संक्रमित छन् ।