३० असार २०८२, सोमबार | Mon Jul 14 2025


कोरोना संक्रमित श्रीमतीको साथ यात्रा गरेको आरोपमा बेलायती विपक्षी दलका सल्लाहकार डोमिनिकलाई बर्खास्त गर्न माग


0
Shares

एजेन्सी । बेलायतका प्रधानमत्री बोरिस जोनसनले विपक्षी दलहरुका सल्लाहकार डोमिनिक कमिङलाई वर्खास्त गर्न आगह गरेका छन् ।

सरकारले जारी गरेको लकडाउन उल्ल्ंघन गरेको भन्दै कमिङलाई वर्खास्त गर्न उनले माग गरेका हुन् ।

कमिङले कोरोना संक्रमित श्रीमतीको साथ यात्रा गरेको आरोप लगाइएको छ । कमिङले उत्तरी इङ्ल्याण्डको यात्रा गरेको समाचारमा जनाइएको छ ।

कमिङको परिवारका सदस्य नै कोरोनाबाट संक्रमित भएको भन्दै प्रधानमन्त्री जोनसनले वर्खास्त गर्नुपर्ने बताएका हुन् ।

कमिङ ब्रेक्जिट जनमत संग्रहमा युरोपियन युनियन छोड्ने सन २०१६ अभियानका महत्वपूर्ण योजनाकार रहेको बेलायती सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

बेलायतमा गत मार्च २३ देखि जारी गरिएको लकडाउनमा हिडडुल गर्न प्रतिवन्ध लगाइएको छ । कमिङले उत्तरी इङ्ल्याण्डको दोस्रो पटक यात्रा गरेको बताइएको छ ।