
मुस्ताङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको उत्तरी कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकमा आवश्यक मापदण्ड कायम गर्न रेजा लगाउने कार्य सुरु भएको छ ।
करिडोरले राष्ट्रि«य राजमार्गको शाखा विस्तार गर्ने क्रममा मुस्ताङ सदरमुकाम जोमसोम, टुकुचे, स्याङ, मार्फा, कोवाङ, लेते र घाँसालगायतका ठाउँमा मार्किङ गरी रेजा लगाउने काम अघि बढाएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।
मापदण्ड कायम गर्दा साविक सडकको मध्यभागलाई केन्द्र्र मानेर ६–६ मिटर दायाँ–बायाँ चौडाई प्राप्त गर्ने गरी रेजा लगाउने कार्य भइरहेको छ ।
करिडोरका अनुसार सडक चौडा पार्न दुवैतर्फ आवश्यक १५–१५ मिटर जमिन आवश्यक पर्ने भए पनि करिडोरले हाललाई दुवैतर्फ १२ मिटर मात्र चौडा गर्न लागेको हो ।
बेनी–जोमसोम–कोरला सडक निर्माण सुरु भएको डेढ वर्ष बितिसकेको छ ।
करिडोरले बेनी–जोमसोममा २५ प्रतिशत र जोमसोम–कोरला सडकमा ५० प्रतिशत कामको प्रगति भएको जनाएको छ ।
करिडोरको सडक मापदण्डभित्र जोमसोम बजारका करिव २ दर्जन घर अधिग्रहणमा परेका छन् ।
चौडाई वृद्धिका लागि जग्गा प्राप्त गर्ने क्रममा सरोकारवालासँग समन्वय गर्दै जाने र सडक मापदण्डमा पर्ने कुनै पनि संरचना भत्काउँदा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने क्षतिपूर्ति निर्धारण समितिले क्षतिको निक्र्योल गर्ने जनाइएको छ ।
समितिले निर्धारण गरेको मुआब्जा रकम नेपाल सरकारले तोकेको नियमानुसार सरोकारवालाहरुलाई उपलब्ध गराउँदै जाने आयोजना प्रमुख सुवेदीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्