
एजेन्सी । कोेरोना भाइरसको महामारीबीच जारी जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिख विजयी भएको छ ।
गएराति भएको खेलमा वायर्नले फ्रान्कफर्टलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा वायर्नलाई जित दिलाउन लियोन गोर्टेज्का, थोमस मुलर, रोबर्टो लेवान्डोस्की र अल्फान्सो डेभिसले एक एक गोल गरे ।
वायर्नले एक आत्मघाती गोल खाएको थियो । फ्रान्कफर्टका दुवै गोल मार्टिन हिन्टरगरले फर्काए ।
कोरोनाको महामारीको कारण स्थगित लिग सुचारुपछि वायर्नको यो लगातार दोस्रो जित हो ।
यस अघि वायर्नलेले युनियन बर्लीनलाई २–० ले हराएको थियो । जितसँगै वायर्नले लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । वायर्नले २७ खेलबाट ६१ अंक जोडेको छ ।
दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५७ अंक रहेको छ । फ्रान्कफर्ट २८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्