अफगानिस्तानमा भएको विष्फोटमा कम्तिमा तीन दर्जनको मृत्यु, दर्जनौं घाइते « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


अफगानिस्तानमा भएको विष्फोटमा कम्तिमा तीन दर्जनको मृत्यु, दर्जनौं घाइते


325
Shares

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको भयंकर विष्फोटमा कम्तिमा तीन दर्जन मानिसको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् ।

बुधबार साँझको प्रार्थना भईरहेको बेला विष्फोट भएको र मारिनेमा मस्जिदका इमान समेत रहेको काबुल प्रहरीका प्रमुख खलिद जद्रानले बताएका छन् ।

अस्पताल भर्ना गरिएकाहरुमा पाँच जना बालक समेत रहेका छन् । इटालियन गैरसरकारी संस्थाले संचालन गरेको एनजीओ इमजेन्सी अस्पतालले आफूकहाँ २७ जना घाइतेहरु ल्याइएकोमा अधिकांशको अवस्था नाजुक रहेको बताएको छ ।

विष्फोटबाट मस्जिद आसपासका घरक झ्यालहरु समेत चर्किएको बताइएको छ ।

गत वर्ष तालिवान सत्तामा आएपछि राजधानी काबुलमा भएको यो नै ठूलो विष्फोट हो । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

गत साता मात्रै अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसले अफगानिस्तानका सुधारवादी धार्मिक नेताको हत्या गरेको थियो ।