३० असार २०८२, सोमबार | Mon Jul 14 2025


कराची जेलमा ३०० बन्दी कोरोना संक्रमित


0
Shares

कराची (पाकिस्तान), जेठ १० । पाकिस्तानको कराचीस्थित जेलमा मात्रै ३०० भन्दा बढी बन्दी कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

कराची केन्द्रीय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा संक्रमण फैलिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

शनिबार सार्वजनिक भएको विवरणअनुसार क्षमताभन्दा बढी कैदी राखिएकाले पनि धेरैजनामा संक्रमण फैलिएको बताइएको छ ।

कारागारका अधिकारीहरुले संक्रमित र संक्रमण नभएका कैदीहरुलाई अहिले छुट्टा–छुट्टै राखिएको जानकारी दिएका छन् ।

चाँडो–चाँडै संक्रमण फैलिएको देखिएपछि अहिले अस्पतालका सबै कैदी, सुरक्षाकर्मी, प्रशासनिक कर्मचारीलगायतको पनि कोरोना परीक्षण गरिएको छ ।

कारागारमा पहिलो संक्रमित यही मे ११ तारिखका दिन पुष्टि भएको थियो । त्यसपछि अरु केही व्यक्तिहरुमा देखिएको थियो । अहिले त्यो दिन–प्रतिदिन बढ्दै गइरहेको पाइएको छ ।

शनिबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट ५२ हजारभन्दा बढी संक्रमित भएका छन् । रासस/एएनआई