आफ्नै भतिजी बुहारी बिनुलाई जबर्जस्ती करणी गर्न खोज्ने पवन कठायत पक्राउ « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


आफ्नै भतिजी बुहारी बिनुलाई जबर्जस्ती करणी गर्न खोज्ने पवन कठायत पक्राउ


13.949k
Shares

काठमाडौं । आफ्नै भतिजी बुहारी बिनु यादवलाई जबर्जस्ती करणी गर्न खोजेको आरोप लागेका रामेछापका पवन कठायत पक्राउ परेका छन् ।

उनले आफ्नै भतिजी बुहारी बिनुलाई मन्थली नगरपालिका– १ मच्छेडाँडीनजिकैको आफ्नै घरमा जबर्जस्ती करणी गर्न खोजेको भन्दै कठायतविरुद्ध बिनुले गत साउन १५ गते रामेछाप प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । पवन रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं व्यवसायी समेत हुन् । बुहारीले प्रहरीमा जबर्जस्ती करणीमा जाहेरी दर्ता गराएको सुनेपछि पवन फरार भएका थिए ।

फरार भनिए पनि उनी राजनीतिक दलका नेता र कार्यकर्ताको संरक्षणमा खुलेआम हिडिरहेका थिए । तर सञ्चार माध्यम लगायत सबैतिरबाट चर्काे दवाब परेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले उनलाई सदरमुकाम मन्थलीबाट बुधबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नावय उपरीक्षक राजकुमार थिङले सुराकीको आधारमा पवनलाई सदरमुकाम मन्थलीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

साबिक रामेछाप नगरपालिका– १ गोठगाउँ घर भएका पवन केही वर्ष अघिदेखि मन्थलीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
पक्राउ परेका पवनलाई बुधवारनै रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइने थिङले जानकारी दिनुभयो । आफ्नै श्रीमान प्रदीप कठायतबाट पटक–पटक यौन हिंसा तथा बलात्कारको सिकार बन्दै आएकी पीडित बिनुका अनुसार काका ससुरा पवनले २०७९ बैशाख ७ गते उनलाई जवर्जस्ती करणी गर्ने प्रयास गरेका थिए ।