
काठमाडौं । ह्वावेले सीड्स फर द फ्युचर २०२२ को उद्घाटन समारोह काठमाडौंमा आयोजना गरेको छ ।
यस कार्यक्रम ह्वावेको ग्लोबल फ्ल्यागशिप सीएसआर कार्यक्रम हो । जुन सबै आईसिटी सम्बन्धित विषयहरूका स्नातक तहका विद्यार्थीहरूका लागि लक्षित छ । ह्वावेले नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो । कार्यक्रम पहिलो पटक थाइल्याण्ड मा सन् २००८ मा सुरु भएको थियो। त्यसबेलादेखि अहिलेसम्म १३० भन्दा बढी देश र क्षेत्रका १२ हजार भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन् ।
यस वर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । त्यसमध्ये नेपालबाट ७ जना बिद्यार्थीहरु छनोट भएका छन् ।
जुलाईमा छनोट भएदेखि, विद्यार्थीहरूले विभिन्न संलग्नताहरू मार्फत नेपालको आईसीटी उद्योगमा अन्तर्दृष्टि प्राप्त गर्दै आएका छन्। विद्यार्थीहरूले नेपालमा डाटा सेन्टर सम्बन्धी कक्षाहरू प्राप्त गरेका छन् ।
छनोट भएका विद्यार्थीहरूले अगस्ट १९ देखि अगस्ट २७ सम्म थाईल्याण्डको बैंककमा आयोजना हुने पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पनि सहभागी हुन पाउनेछन् ।
कार्यक्रममा बोल्दै अतिथिहरु सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र छनोट समितिका सदस्यहरुले यस्तो कार्यक्रम ल्याएकोमा ह्वावेको प्रशंसा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्