Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन चाँडै हुन्छ: मन्त्री अधिकारी


0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको कामलाई सरकारले तिव्ररुपमा अघि बढाएको बताएका छन् ।

काठमाडौंमा आज गरिएको एक कार्यक्रममा मन्त्री अधिकारीले विमानस्थल व्यवस्थापन नभएसम्म नेपालको पर्यटन क्षेत्रले गति लिन नसकेको भन्दै सरकारको पहिलो प्राथमिकता विमानस्थललाई व्यवस्थापन गर्ने बताए ।

विश्वकै ध्यान अहिले पर्यटन क्षेत्रमा केन्द्रीत भएको भन्दै उनले पर्यटन क्षेत्रको विकासबाट मात्र नेपालको आर्थिक समृद्धि सम्भव हुने बताए ।

सरकारले पर्यटन क्षेत्रको नयाँ गुरुयोजनाको तयार गरिरहेकाले नेपाललाई विश्वकै पर्यटकीय गन्तब्य बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

मन्त्री अधिकारीले आर्थिक समृद्धिका लागि २४ औं घण्टा काम गर्ने वातावरण सरकारले बताउने बताए ।

उनले पर्यटन क्षेत्रको विकासका लागि इमान्दारितापूर्वक लाग्न आह्वान गरे ।

मन्त्री अधिकारीले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मानसमेत गरे ।