२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


‘एन्फा’ले ‘राखेप’लाई बुझायो ‘ए’ डिभिजन लिग फुटबलको प्रतिवेदन


0
Shares

काठमाडौं, जेठ ९ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको प्राविधिक प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई बुझाएको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले शुक्रबार राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई प्राविधिक प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

गत फागुन ३ गते ‘ए’ डिभिजन लिग सकिएकामा त्यसको तीन महिनापछि ८० पृष्ठ लामो प्रतिवेदन राखेपलाई बुझाइएको हो । प्रतिवेदनमा पछिल्लो लिगका सबै गतिविधि समेटिएको छ ।

त्यसभित्र सहभागी क्लब, लिगको विजेता, खेलाडीको नामावली, पाएका कार्डहरु, पुरस्कारलगायत समेटिएका छन् ।

त्यस्तै, विजेताको नाम, लिगमा भएका सबै गतिविधि, पहेँलो कार्ड, रातो कार्डलगायतको जानकारी रहेको एन्फाले जनाएको छ ।

त्यसैगरी, पृष्ठभूमिमा एन्फासँगै ‘ए’ डिभिजन लिगको इतिहास तथा अन्तर्राष्ट्रिय मान्यता पाएको तिथिमितिसमेत उल्लेख गरिएको छ ।

यसपटक लिगको उपाधि मच्छिन्द्र क्लबले जित्दा त्रिभुवन आर्मी क्लब उपविजेता बनेको थियो ।