काठमाडौं । दक्षिण एशियाली पत्रकारहरुको सम्मेलन काठमाडौंमा सुरू भएको छ ।
दक्षिण एशियाको आर्थिक न्याय, लैगिंक न्याय र जलवायु न्याय सम्बन्धी मुद्दाहरुमा दक्षिण एशियाका पत्रकारहरुको साझा धारणाका विषयमा छलफल हुनेछ । त्यसैगरी दक्षिण एशियामा देखिएको आर्थिक मन्दी, गरीबी, उर्जा संकट, कर प्रणाली र जलवायु परिवर्तनमा देखिएको असरको बारेमा सुधार गर्ने विषयमा पत्रकारहरुको भूमिकाको बारेमा छलफल हुने छ ।
सम्मेलनले अहिले देखिएको उर्जा संकट, आर्थिक संकट र न्याय प्रणालीमा दक्षिण एशियाली पत्रकारहरुको साझा धारणा बनाउन भूमिका खेल्ने विकास र वैदेशिक सहायताका लागि एशियाली संगठन (एपीएमडीडी) का संस्थापक सदस्य डा. अर्जुन कार्कीले बताउनुभयो ।
सम्मलेनमा आ–आफ्नो देशको समस्या र अनुभवको आदान प्रदान हुने भएकाे छ । दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र फिलिपिन्सलगायत देशका ५० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेकाे छ ।
विकास र वैदेशिक सहायताका लागि एशियाली संगठन (एपीएमडीडी) ले वर्षेनी दक्षिण एशियाली देशहरुमा पत्रकारहरुको सम्मेलन गर्दै आएको छ ।





प्रतिक्रिया दिनुहोस्